27, Apr, 2024

हानेपाले बागमतीमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने, शपथको तयारी

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १७:०१ | ४ हफ्ता अगाडी

हेटौंडा । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ ।

आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले शपथग्रहण गर्ने भएका छन् ।

उनलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ । यस अघिको गठबन्धनमा यो मन्त्रालय नेपाली कांग्रेसको भागमा थियो । कांग्रेसको तर्फबाट पुकार महर्जन मन्त्री बनेका थिए ।

१५ चैत्र २०८०, बिहीबार १७:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading