27, Apr, 2024

बाग्मतीमा मन्त्री थप्ने तयारी, संसदीय दलका नेता अपहरणमा परेको हानेपाको दाबी

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १६:३८ | ४ हफ्ता अगाडी

काठमाडौं । बागमतीमा सरकार विस्तारको तयारी गरिएको छ ।

हाम्रो नेपाली पार्टीबाट मन्त्री थप गरेर सरकार विस्तारको तयारी गरिएको सरकार निकट स्रोतले जनाएको छ ।

बहुमत पुर्‍याउनका लागि आजै मन्त्रीको शपथ गराउने तयारी पनि भएको छ ।

यता, हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशका संसदीय दलका नेता अपहरणमा परेको दाबी गरेको छ ।

पार्टीले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको भन्दै केन्द्रीय अध्यक्ष अनन्त घिमिरेले प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यसँग सम्पर्क हुन नसकेको र उनको अपहरण भएको आशंका लागेको बताए ।

बागमती प्रदेशमा सरकार जोगाउनको लागि हानेपाको समर्थन जरुरी बनेपछि पार्टीले मुख्यमन्त्रीमा बार्गेनिङ गरिरहेको थियो ।

उनले आफ्नो पार्टीको निर्णय पछि सत्तापक्षले आफ्नो प्रदेशसभा सदस्यको अपहरण भएको हुन सक्ने बताए । सांसद अपहरण गरिएको बारे सुरक्षा निकायलाई पनि सम्पर्क गरिसकेको बताए ।

बागमती सरकार जोगाउन ५६ प्रदेशसभा सदस्य आवश्यक रहेको अवस्थामा हालको गठबन्धनमा ५५ जना मात्र मात्र छन् ।

१५ चैत्र २०८०, बिहीबार १६:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading