काठमाडौं । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ ।
करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
अध्यक्षद्धयबीच छलफल सकारात्मक भए पनि कसरी सहमति गर्ने भन्ने टुंगो नलागेको बालुवाटार स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीच पुनः छलफल हुनेछ ।