27, Apr, 2024

फोन पे र जिएनएल इन्टरनेसनलबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि सम्झौता

बागमती भ्वाइस
बागमती भ्वाइस
१४ चैत्र २०८०, बुधबार ११:५८ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ फोन पे र जिएलएन इन्टरनेसनलबीच भुक्तानी प्रणालीका लागि सम्झौता भएको छ।

भुक्तानी नेटवर्क प्रदान गर्नेसम्बन्धी क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने सम्झौतामा उल्लेख छ।

फोन पे र जिएनएलको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सकिने भएको कम्पनीको भनाइ छ।

कोरियाबाट नेपाल आउने जिएनएल प्रयोगकर्ताहरूले हाना १ क्यु, केबी वालेट, आइएम बैंक, हाना मनी जस्ता बैंकिङ एपमार्फत् फोनपेको १३ लाख स्टोरहरूमा र जिएलएन एप रियलटाइम पे क्यआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ।

‘विश्वभरी क्रस–बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जिएनएल र फोन पे सँग यो सहयोगी यात्रामा म उत्साहित छु,’ जिएनएलका प्रमुख कार्यकारी अधिकृत किंगो किमले भने, ‘यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ।’

फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने ‘हामी जिएनएलसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरूमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौं। यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नुका साथै नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्‍याउनेछ।’

१४ चैत्र २०८०, बुधबार ११:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading