28, Apr, 2024

ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १७:५० | १ महिना अगाडी

धनुषा । धनुषामा ई-रिक्सा चार्ज गर्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

आफ्नै प्र।२-०२-००१ ह २२१९ नम्बरको ई-रिक्साको चार्जर छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१३ चैत्र २०८०, मंगलवार १७:५० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading