वि.सं.२०८३ वैशाख १७ बिहीवार

प्रदेश १ संसदीय एमाले दलको बैठक जारी, माधव पक्षका सांसदहरू पनि सहभागी

khanepani

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक जारी छ ।

संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा ३१ सांसद सहभागी छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित भएका छन् ।

संसदीय दलको बैठकमा सहभागी नहुने बताए पनि माधव नेपाल पक्षका केही सांसदहरू उपस्थित भएका छन् । माधव तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका नेताहरू बैठकमा गएका छन् ।

ranechhap