28, Apr, 2024

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिने ( भिडिओ सहित )

बागमती भ्वाइस
बागमती भ्वाइस
९ चैत्र २०८०, शुक्रबार १७:२७ | १ महिना अगाडी

चितवन । चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापन गर्न भरतपुर महानगरपालिका र ट्रष्टबीच शुक्रबार सम्झौता भएको हो । सम्झौताका क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वैशाख १५ गते औपचारिक कार्यक्रम गरी दियालो बंगला सर्वसाधारणको लागि खुला गरिने बताइन् । त्यसको लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामलाई अगाडि बढाइने उनले जानकारी दिइन् । बंगलालाई संग्रहालयको रुपमा विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको मेयर दाहालले बताइन् ।

‘भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुला गर्न लागिएको हो’, उनले भनिन्, ‘दरबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने विश्वास गरेका छौं ।’

दियालो बंगला सञ्चालन गर्न महानगरपालिकाले आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गराएका थिए । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगलामा जाने गर्दथे । त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

९ चैत्र २०८०, शुक्रबार १७:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading