27, Apr, 2024

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त,सचिव पदमा चुडामणि पौडेल बढुवा

Bagmati Voice
संवाददाता
८ चैत्र २०८०, बिहीबार ११:५४ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।

यसैगरी प्रशासन सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि भएको बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

८ चैत्र २०८०, बिहीबार ११:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading