27, Apr, 2024

धनुषामा आफ्नै साथीले गरे एक युवकको हत्या, २ जना साथी पक्राउ

Bagmati Voice
संवाददाता
८ चैत्र २०८०, बिहीबार १०:३६ | १ महिना अगाडी

जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए ।

गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

८ चैत्र २०८०, बिहीबार १०:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading