27, Apr, 2024

इलाम-२ उपनिर्वाचन : एमाले कोशी प्रदेश कमिटीबाट सुहाङसहित ६ जना सिफारिस

बागमती भ्वाइस
बागमती भ्वाइस
७ चैत्र २०८०, बुधबार ०८:०६ | १ महिना अगाडी

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश कमिटी बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको बताए ।

उनका अनुसार सोही क्षेत्रबाट निर्वाचित स्वर्गीय नेता नेम्वाङका छोरा सुहाङ, एमाले नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाललगायत छन् ।

प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । सुवास नेम्वाङको निधन भएपछि इलाम- २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ ।

सोही निर्वाचनलाई लक्षित गरेर प्रदेश कमिटी बैठकले इलामसँग सीमा जोडिएका जिल्लाहरुबाट निर्वाचनका लागि सहयोग गर्ने निर्णय पनि भएको उनले बताए ।

एमालेले नै जितेको क्षेत्र भएका कारण गठबन्धन दलले पनि एमालेलाई नै सहयोग गर्ने भएका कारण निर्वाचन जित्नेगरी तयारी गर्ने निर्णय भएको उनले बताए ।
बैठकले कोशी प्रदेश सरकार परिवर्तनका लागि पनि पहल गर्ने निर्णय गरेको खतिवडाले बताए ।

७ चैत्र २०८०, बुधबार ०८:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading