29, May, 2024

कृष्णबहादुर महरा पक्राउबारे माओवादी बैठकमा छलफल, प्रवक्ता भन्छन्, ‘निस्कर्षमा पुगिसकेका छैनौं’

बागमती भ्वाइस
बागमती भ्वाइस
६ चैत्र २०८०, मंगलवार १०:२० | २ महिना अगाडी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीको पदाधिकारी वैठकमा उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको विषयमाथि छलफल भएको छ । पदाधिकारीहरुले आ–आफ्नो धारणा राखेको तर निस्कर्षमा पुगिनसकेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे सुरुमा व्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुले आआफ्नो धारणा राखेका छन् ।

सापकोटाले भने, ‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ । यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ । छिटोभन्दा छिटो निस्कर्षमा पुग्छ ।’

महरालाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा के कुरा भयो भन्ने पत्रकारको प्रश्नमा सापकोटाले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘विविध कोणबाट छलफल भइरहेको छ । निस्कर्ष आएपछि तपाईंहरुलाई जानकारी गराउँछौं ।’

६ चैत्र २०८०, मंगलवार १०:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading