14, Dec, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार वर्षका लागि निलम्बित तीन नेताले पार्टीको कारबाही नमान्ने घोषणा

बागमती भ्वाइस
बागमती भ्वाइस
५ चैत्र २०८०, सोमबार १४:२६ | ९ महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार वर्षका लागि निलम्बित तीन नेताले पार्टीको कारबाही नमान्ने घोषणा गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् ।

केही दिनअघि राप्रपा कार्यसम्पादन समिति सदस्य डा। ठाकुर मोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै हातपात भएको थियो । हातपातमा संलग्न देखिएका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरा र राप्रपा युवक संगठनका सदस्य सचिव नीराजन बमलाई अध्यक्ष राजेन्द्र लिङदेनले अनुशासनको कारबाही गर्दै निलम्बन गरेका थिए ।

आज विज्ञप्ति जारी गर्दै तीन जनाले सो घटनामा आफूहरूको संलग्नता नरहेको दाबी गरेका छन् । उक्त घटनालाई लिएर आफूहरू स्वयम् चिन्तित बनेको विज्ञप्तिमा उल्लेख छ । ‘२७ गतेका दिन खानाका लागि बैठक रोकिएको समयमा एक नेतामाथि कसले धकेलाधकेल गर्‍यो र हातपात गर्‍यो सो विषय हामीलाई जानकारी छैन । हामी बैठक चलिरहँदा सदा झैँ पार्टी अफिस पुगेका हौँ । त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेतामाथि धकेलाधकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भीडलाई पन्छाउन गएका हौँ र पन्छाएका पनि हौँ ।’

सो विषयलाई लिएर फागुन २९ गते पार्टीको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको र ३० गते नै आफूहरूले स्पष्टीकरण बुझाएको विज्ञप्तिमा उल्लेख छ । स्पष्टीकरणमा उल्लेख गरेका विषयलाई गम्भीर अध्ययन र छलफल नगरिएको तथा श(शरीर उपस्थित गराएर थप जानकारी नलिईकन अनुशासन समितिको सिफारिसका आधारमा भन्दै निलम्बन गरेको सूचनाले आश्चर्यमा परेको उनीहरूले बताएका छन् ।

‘हामी यो निर्णयलाई अस्वीकार गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा हाम्रो रगत र पसिनाले सिर्जित दल हो । हामीमाथि पूर्वाग्रही, एकाधिकार सोचका साथ गरिएको कारबाहीको हामी प्रतिरक्षामा उत्रिने कुरामा कतै शंका नरहोस् ।’

५ चैत्र २०८०, सोमबार १४:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading