18, May, 2024

राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको लिए शपथ

बागमती भ्वाइस
बागमती भ्वाइस
५ चैत्र २०८०, सोमबार १३:१५ | २ महिना अगाडी

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत दुईवटा विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ खुवाएका हुन् ।

दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

५ चैत्र २०८०, सोमबार १३:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading