27, Apr, 2024

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरे

बागमती भ्वाइस
बागमती भ्वाइस
४ चैत्र २०८०, आईतवार १७:४४ | १ महिना अगाडी

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

‘प्रदेश प्रमुखको पदमा रहुञ्जेलसम्म इमानदार बन्ने बाचा गर्न चाहन्छु । कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छ । गण्डकी प्रदेशको उन्नति, प्रगतीलो कामना गर्दछु’, उनले भने ।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।

४ चैत्र २०८०, आईतवार १७:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading