29, May, 2024

वृद्ध , तथा पिडित बाउहरुको लागि विराटनगरमा बाउ समूहको स्थापना

बागमती भ्वाइस
बागमती भ्वाइस
४ चैत्र २०८०, आईतवार १७:१२ | २ महिना अगाडी

विराटनगर । मोरङको विराटनगरमा बाउ समूह सक्रिय भएको छ । समस्यामा परेका बाउहरूको अधिकार सुनिश्चित गर्न समूहले काम थालेको हो ।

बाउ समूह २०७८ सालमा स्थापना भएको थियो । समूहले अधिकारबाट वञ्चित पुरुषहरूको पक्षमा काम गर्ने जनाएको छ ।

महिलाबाट पुरुषहरू पीडित हुन थालेपछि उनीहरूको अधिकार रक्षा गर्न बाउ समूह सक्रिय भएको समूहका अध्यक्ष सूर्यकिरण घिमिरेले बताए ।

उनले आमा समूहले जस्तै बाउ समूह बनाइएको र यसले पुरुषहरूको सशक्तीकरण र अधिकार रक्षाको लागि काम गर्ने बताए ।

घिमिरेले भने, ‘महिलाहरुद्वारा धेरै पुरुषहरू पीडित भएको देखियो । पीडितहरूमध्ये धेरैजसो वृद्ध बाउ छन् । ती बाउलाई कानूनी उपचारमा सहयोग गर्न पनि यो सङ्गठन आवश्यक भएको महसुस भयो ।’

बाउ समूह देशभरमा यही पहिलो भएको उनीहरूको दाबी छ । संस्थामा ५० वर्ष नाघेका विवाहित र सन्तान भएका ३१ जना बाउ आबद्ध छन् ।

‘बाउ समूहले महिनाको पहिलो शनिबार बैठक बस्ने र छलफल गर्ने काम गरिरहेको छ । एक वर्षयता भने विभिन्न गतिविधिमा समूह सक्रिय छ’, अध्यक्ष घिमिरेले भने, ‘हामीहरु वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा समेत सक्रिय छौं ।’

समूह अध्यक्ष घिमिरेसँगै विराटनगर- ९ का हरि प्रसाईंकाे अगुवाइमा जन्मिएको हो । बाउ समूहमा अहिले ३१ जना सदस्य छन् ।

४ चैत्र २०८०, आईतवार १७:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading