29, May, 2024

कालिकोटमा जलेर घाइते बालिकाको उपचारका क्रममा मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
४ चैत्र २०८०, आईतवार १६:१४ | २ महिना अगाडी

सुर्खेत । कालिकोटमा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा खाँडाचक्रका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी छोरी हेमन्ती आगोले जलेर घाइते भएकी थिइन् ।

घाइते हेमन्तीको आइतबार दिउँसो १ : ४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लागेका थिए । पछि जलेर घाइते भएका थिए ।

घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लागेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्‍याइएको थियो ।

४ चैत्र २०८०, आईतवार १६:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading