14, Dec, 2024

तीव्र उतार चढावपछि सेयर बजार दोहोरो अंकले घट्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
४ चैत्र २०८०, आईतवार १५:२४ | ९ महिना अगाडी

काठमाडौं । तीव्र उतार चढावपछि सेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा ८४ लाख ६ हजार ७६ कित्ता सेयरको खरिदबिक्री हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । गत साताको अन्तिम कारोबारका दिन बिहीबार मात्रै २७ अंकले घटेर बजार बन्द भएको थियो ।

आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक सकारात्मक सर्किटका सार्थ सर्वाधिक नाफामा रहेको छ । भने, वीन नेपाल लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसै गरी, कारोबारका आधारमा शिभम सिमेन्टस ४१ करोड ६४ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

४ चैत्र २०८०, आईतवार १५:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading