वि.सं.२०८२ जेठ १ बिहीवार

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम गरिएको छ।

शुक्रबार डलर एकको खरिदद १३२ रूपैयाँ २२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउण्ड एकको खरिदमा १६८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४७ पैसा तोकिएको छ।

शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ३५ पैसा र बिक्रीदर १७० रूपैयाँ १२ पैसा कायम गरिएको थियो।

युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७१ पैसा तोकिएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६१ पैसा घटेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीमा ८७ रूपैयाँ २८ पैसा पाइन्छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९८ रूपैयाँ २० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रूपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १२ पैसा र बिक्रीमा २८ रूपैयाँ २५ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४९ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको छ।