29, May, 2024

हकप्रद सेयर प्रस्ताव पारित गर्न सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा

बागमती भ्वाइस
बागमती भ्वाइस
२ चैत्र २०८०, शुक्रबार १२:२९ | २ महिना अगाडी

काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सले हकप्रद सेयर प्रस्तावका लागि साधारण सभा बोलाएको छ । कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधारण सभामा ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १४ गतेसम्म शेयरधनी कायम हुनु पर्नेछ ।

२ चैत्र २०८०, शुक्रबार १२:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading