वि.सं.२०८२ जेठ १ बिहीवार

सुन तस्करी छानबिन गराउन भूमिका खेलेकोमा प्रदीप पौडेलले एमालेलाई दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करीको छानबिन गर्न भूमिका खेलेकोमा धन्यवाद दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै तस्करीको छानबिन राज्यको संयन्त्रबाट हुन नसक्ने भन्दै जाँचबुझ आयोग बनाउन माग गरेकोप्रति धन्यवाद दिएका हुन्।

उनले भने, एमालेले मात्रै होइन म सत्तारुढ पार्टीको सांसद भएर पनि त्यही कुरा उठाएको थिए। आज प्रहरीले त राजनीतिक मान्छेलाई छानबिनको दायरामा ल्याउन त सक्दो रहेनछ नि। गृहमन्त्री स्वयमले स्वीकार गर्नुभएको छ। प्रमाणहरू नष्ट भए।