वि.सं.२०८२ जेठ १० शनिवार

पशुपतिको मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । काठमाडौंको पशुपतिको जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले बताए ।

उनले भने, आज बिहान मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेकाे थियाे । उनकाे शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे । ‘ उनका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे छ । थप अनुसन्धान भइरहेकाे उनले बताए ।

थापा केहीदिनदेखि हराइरहेकी थिइन् । सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै आएकी थिइन् । उनी केहीदिन अघि भक्तपुर आफन्तकोमा जान्छु भनेर घर बाट निस्केकी थिइन् । उनकाे आफन्तले उनी हराएकाे भन्दै खाेजी गरिदिन सामाजिक सन्जालमा अपिल गरेका थिए ।