वि.सं.२०८२ जेठ १० शनिवार

सुन तस्करीको अनुसन्धानका सम्बन्धमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

काठमाडौं । सुन तस्करीको अनुसन्धानका सम्बन्धमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बिहान ८ बजे सिंहदरबारमा बैठक राखेको थियो । तर शुक्रबार संसद् बैठक बस्ने सभामुखले जानकारी गराएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ ।

बिहीबार नै सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको पदाधिकारी टोलीले ४८५ पृष्ठको प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो ।