18, May, 2024

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १५:२५ | २ महिना अगाडी

टक्सार (भोजपुर) । धरानबाट भोजपुरको दक्षिण चुहारका लागि छुटेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बालिका, तीन पुरुष र तीन महिलाको मृत्यु भएको हो ।

को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु भएकाले ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइनसकेको बताए ।

१ चैत्र २०८०, बिहीबार १५:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading