18, May, 2024

धनुषाको धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १५:०३ | २ महिना अगाडी

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित संरक्षित वनमा भीषण आगलागी भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

वनको आगलागी नियन्त्रणमा लिन धनुषाधाम, सबैला, जनकपुरधाम, महेन्द्रनगर लगायतका सात वारुणयन्त्र पुगेको छ । वारुणयन्त्र, गाउँभरका मानिस, सशस्त्र र नेपाल प्रहरी समेत आगो नियन्त्रणको प्रयास गर्दा पनि आगलागी नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार विनय यादवले जानकारी दिए ।

आगो गाउँ र बजारमा फैलिने खतरा बढेको उनले बताए । उनले भने, ‘आगो लागेको दुई घण्टा भयो । तीव्र गतिमा हावा चलिरहेकाले आगो नियन्त्रणमा आउनुको सट्टा झन् फैलिँदै गएको छ ।’

१ चैत्र २०८०, बिहीबार १५:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading