29, May, 2024

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको बारेमा आपत्तिजनक कुराहरू लेख्दै पम्पलेट टाँसेको आरोपमा दुई जना पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १३:३५ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको बारेमा आपत्तिजनक कुराहरू लेख्दै जनकपुरका विभिन्न ठाउँमा पर्चा पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुकुर बाँधेको डोरी समाएको र कुकुरको टाउकोको ठाउँमा उपप्रधानमन्त्री यादवको तस्बिर जोडेर पम्पलेट टाँसेको घटनामा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पूर्वे रहेका छन्।

आपत्तिजनक पोष्टर टाँसिएको पाइएपछि खोज तलासको क्रममा उनीहरूलाई बुधबार राति पक्राउ गरेको उनले बताए।

पक्राउ परेकाहरू राष्ट्रिय एकता अभियानको अभियन्ताहरू रहेको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले अनुसन्धान गरिरहेकाले उनीहरूविरूद्ध मुद्दा चलाउने, नचलाउने वा चलाए पनि के शीर्षकमा चलाउने विषयमा छलफल भैरहेको डिएसपी अवालेले बताए।

१ चैत्र २०८०, बिहीबार १३:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading