18, May, 2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब्दुल खानको प्रश्न : मन्त्रिपरिषदमा दलित र मुस्लिमको प्रतिनिधित्व खै ?

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १३:१५ | २ महिना अगाडी

काठमाडौं । जनमत पार्टीले मन्त्रिपरिषद्मा दलित र मुस्लिमको प्रतिनिधित्व नरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले नेपालमा ४० लाख बढी दलित र १५ लाख बढी मुस्लिम समुदाय रहेको बताए ।

तर, २२/२५ जनाको मन्त्रिपरिषदमा जना पनि दलित र मुस्लिम समुदायको प्रतिनिधित्व नहुनु दुःखद रहेको बताए ।

‘म सम्माननीय प्रधानमन्त्रीसँग सोध्न चाहन्छु- के तपाईंले लागू गर्न खोज्नुभएको समानुपातिक समावेशी सिद्धान्त यही हो ?’ उनले प्रश्न गरे ।

१ चैत्र २०८०, बिहीबार १३:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading