18, May, 2024

न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न कार्यदलको बैठक अपराह्न चार बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १२:४३ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन बिहीबार कार्यदलको बैठक बस्दैछ।

कार्यदलको बैठक बिहीबार अपराह्न चार बजे बस्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ।

यसअघि भएको छलफलमा न्यूनतम कार्यक्रम ‘छोटोमीठो बनाउने’ बारेमा कुरा भएको जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले बताएका थिए।

‘न्यूनतम साझा कार्यक्रम भनेपछि नामजस्तै न्यून कुराहरू मात्रै समावेश गर्ने भन्ने सहमति भयो,’ उनले भनेका थिए, ‘पहिलेजस्तो ३०/४० पेजको पुस्तिका यसपटक नबनाउने भयौं, आज पहिलो बैठक भएकाले सैद्धान्तिक कुरा गरियो।’

उनले सकेसम्म छिटो न्यूनतम साझा कार्यक्रम बनाउने र सो कार्यक्रम गठबन्धनका बीचमा भएको राजनीतिक सहमतिमा आधारित हुने बताए। सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन संयन्त्र गठन गरेका थिए।

संयन्त्रमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल छन्।

१ चैत्र २०८०, बिहीबार १२:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading