18, May, 2024

मनोनित भए केन्द्रीय कानुन विभागको सदस्यमा नेकपा एमालेले सुहाङ नेम्वाङ

बागमती भ्वाइस
बागमती भ्वाइस
३० फाल्गुन २०८०, बुधबार १७:१७ | २ महिना अगाडी

काठमाडौं । नेकपा एमालेले सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेको छ ।

सुहाङलाई कानुन विभाग सदस्यमा मनोनित गरेको पत्र महासचिव शंकर पोखरेलले दिएका छन् । ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७औं बैठकले तपाईँलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु’, महासचिव पोखरेलको पत्रमा उल्लेख छ ।

सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवारीका निम्ति निवेदन दिएका छन् ।

३० फाल्गुन २०८०, बुधबार १७:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading