18, May, 2024

पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य नेपाललाई उपाधि जित्न

बागमती भ्वाइस
बागमती भ्वाइस
३० फाल्गुन २०८०, बुधबार १३:४२ | २ महिना अगाडी

काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।

३० फाल्गुन २०८०, बुधबार १३:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading