वि.सं.२०८३ असार ९ मंगलवार

अपमान र प्रतिशोध होइन, सहमति, सहकार्यका लागि प्रतिबद्ध छु: प्रधानमन्त्री प्रचण्ड

khanepani

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए।

‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ उनले भने, ‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले) को पृष्ठभूमिबाट। राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट। उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट। सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ।’

ranechhap