28, Apr, 2024

कुवेतको एक कम्पनीले महिला र पुरुष गरी एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग, यस्ता छन् सेवा शर्त

बागमती भ्वाइस
बागमती भ्वाइस
३० फाल्गुन २०८०, बुधबार १२:०२ | १ महिना अगाडी

काठमाडौं । कुवेतको एक कम्पनीले ३ सय जना नेपाली नर्स माग गरेको छ । सिटी ग्रुप अफ कम्पनिज कुवेतले नेपालबाट महिला र पुरुष गरी बिएस्सी नर्सिङ र डिप्लोमा गरेका ३ सय जना नर्स लिन लागेको हो ।

द रिभर ओभरसिजमार्फत ती नर्स सो कम्पनीले कुवेतका अस्पतालमा काम गर्न लैजाने भएको हो । बिएस्सी नर्सिङले खानासहित नेपाली डेढ लाख रुपैया तलब पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै डिप्लोमा नर्सिङले खानासहित एक लाख २० हजारमाथि तलब पाउनेछन् ।

द रिभर ओभरसिजले प्रि अन्तर्वार्ता शुरु भइसकेको र अन्तिम अन्तर्वार्ता मार्च १४ देखि सम्बन्धित कम्पनीले लिने जनाएको छ । नेपालबाट ठूलो संख्यामा नर्सहरु लैजाने यो कुवेतको पहिलो कम्पनी हो ।

३० फाल्गुन २०८०, बुधबार १२:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading