27, Apr, 2024

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै पहिलो बैठक आज बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
३० फाल्गुन २०८०, बुधबार ०७:५८ | १ महिना अगाडी

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो । जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका(कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम आज दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका थिए।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३)को उपनियम ३ बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।

३० फाल्गुन २०८०, बुधबार ०७:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading