वि.सं.२०८३ वैशाख १९ शनिवार

बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा

khanepani

काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ ।

यही टोलीले मलेसिया विरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ ।

नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

नेपाली टोली

गोलकिपर स् किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर स् अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डर स् भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड स् अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट

ranechhap