कैलाली । पूर्वयुवराज पारस शाह धनगढी पुगेका छन् । धनगढी उपमहानरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरको दर्शनका लागि उनी धनगढी आएका हुन् । शाहले मंगलबार मन्दिरको दर्शन र पूजा गरेका हुन् ।
पूर्व युवराज शाह आफ्ना केही समर्थकका साथ बेहडाबाबा पुगेको मन्दिर व्यवस्थापन समितिका सचिव वीरेन्द्र चन्दले जानकारी दिएका छन् ।
उनी सोमबार मात्रै धनगढी आइपुगेका हुन् ।