वि.सं.२०८२ जेठ १० शनिवार

राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

जारी राष्ट्रियसभा बैठकमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेका हुन् । नेपाली कांग्रेसका शर्मालाई लोसपाको पनि समर्थन छ ।

५६ सांसद सहभागी बैठकमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ ।

गठबन्धनबाट नारायण दाहाल उम्मेदवार छन् ।