काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको उम्मेदवार विजयी हुनुपर्ने बताएको छ ।
कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका युवराज शर्मालाई समर्थन गर्दै लोसपाका सांसद शेखरकुमार सिंहले यस्तो बताएका हुन् ।
‘सरकार सत्तापक्षको हुन्छ । सदन प्रतिपक्षको हुन्छ । यसकारण हाम्रो उम्मेदवार विजयी हुनुपर्छ’ सांसद सिंहले भने ।
राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ ।