काठमाडौ । काठमाडौ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ।
अहिले बिहान ९ बजेदेखि संसदीय दलको कार्यालयमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेको पार्टीका प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
अघिल्लो सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ गठबन्धन बनेसँग सरकारमा सामेल भएको थियो।
प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्।
सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ। पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह, उपसभापति डोलप्रसाल अर्याल (डिपी) श्रम, रोजगार, उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री छन्।