18, May, 2024

लुम्बिनी प्रदेशमा आजदेखि नेकपा एमालेको पहिलो जिल्ला अधिवेशन रोल्पाबाट सुरू

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार ०८:२५ | २ महिना अगाडी

रूपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेको पहिलो जिल्ला अधिवेशन रोल्पाबाट सुरू भएको छ ।

एमाले रोल्पाको आजबाट सातौं जिल्ला अधिवेशन हुन लागेको हो । १२ जिल्ला रहेको लुम्बिनीमा पार्टी प्रदेश कमिटीले जेठ दोस्रो सातासम्म सबै जिल्ला कमिटीको अधिवेशन गर्ने समय तोकेको छ ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले रोल्पाले प्रदेशमा यसपटक सबैभन्दा पहिले अधिवेशन गर्न लागेको बताए । अधिवेशनका लागि उपमहासचिव प्रदीप ज्ञवाली, पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज कमरेड पद्मा अर्याल, एमाले निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा, प्रदेश अध्यक्ष कमरेड राधाकृष्ण कंडेलसहितका नेताहरू रोल्पा पुगेका छन् ।

माओवादीको बलियो क्षेत्र मानिएको रोल्पामा पछिल्लो समय एमालेले संगठन बलियो बनाउँदै लगेको छ । पहिले माओवादीमै रहेका धेरै नेताहरू एमालेमा आएकाले एमालेलाई सहज बनेको नेताहरूको भनाइ छ ।

२९ फाल्गुन २०८०, मंगलवार ०८:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading