29, May, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ फाल्गुन २०८०, सोमबार १७:०३ | २ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने तर त्यसै दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने निर्णय गरेको छ ।

निर्वाचन तयारीका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम–२ मा खटाएको छ ।

२८ फाल्गुन २०८०, सोमबार १७:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading