काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका युवराज शर्माले लोकतन्त्र सुन्दर पक्ष नै निर्वाचन भएकाले हार जितले ठूलो अर्थ नराख्ने बताएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा कसैको जित हार कसैको नहुने बताए।
उनले भने, लोकतन्त्रमा जित हार एउटा कुरा हो। तर, लोकतन्त्रमा कसैको जित पनि हुँदैन र हार पनि। त्यसैले लोकतन्त्रको सुन्दर पक्ष नै चुनाव भएकाले को हार्छन् को जित्छन् महत्वपूर्ण कुरा होइन।
जित्ने निश्चित हुँदा अर्को व्यक्तिको नाम थियो तर हार्ने भएपछि तपाईंलाई अघि सारियो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनी भन्छन्, पार्टीले मेरो नाममा नै पहिलो निर्णय गरेको हो। चर्चा त सबैको हुन्छन् नि।
गठबन्धन टुट्नुअघि कांग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको अक्ष्यक्ष बनाउने सहमति भएको थियो। उनले आफ्नो राजनीतिक यात्रा लामो भएकाले भन्दै जितेको खण्डमा नियमावली अनुसार अघि बढ्ने बताए।