05, Dec, 2024

दशरथ रंगशालाको अवस्था खेल्नको लागि लायक नभएपछि बहराइनमा हुने भयो नेपालको ‘होम म्याच’

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ फाल्गुन २०८०, सोमबार १२:०५ | ८ महिना अगाडी

हेटौंडा । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको अवस्था खेल्नको लागि लायक नभएको भन्दै एसियाली फुटबल महासङ्ग (एएफसी) का प्रतिनिधिले प्रतिवेदन दिएपछि नेपाली राष्ट्रिय फुटबल टीमले फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको होम म्याच उसैको मैदानमा खेल्नुपर्ने भएको छ ।

कुरा गर्दै एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले खेल बहराइनमा हुने बताए ।

नेपालले आगामी चैत ८ गते होम म्याच अब बहराइनमानै खेल्ने भएको हो । त्यसपछि चैत १३ मा हुने अवे म्याच हुनेछ ।

विश्वकप र एसिया कपको छनोट हुने महत्वपूर्ण खेल भएको कारण एएफसीले प्रतिनिधि पठाएर रंगशालाको अनुगमन गराएको थियो । तर अनुगमनको क्रममा रंगशाला लायक नरहेको पाइएको प्रतिवेदन प्रतिनिधिद्वारा एएफसीलाई पेश गरिएको थियो ।

समूह एचमा रहेको नेपालले त्यसपछि युएईसँग खेल्ने छ ।

२८ फाल्गुन २०८०, सोमबार १२:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading