18, May, 2024

नक्कली बील बनाएर भुक्तानी दिएको आरोपमा सम्सी गाउँपालिकाका पूर्वअध्यक्षसहित १० जनालाई भ्रष्टाचार मुद्दा दायर

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ फाल्गुन २०८०, आईतवार १५:४८ | २ महिना अगाडी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष शेष फारुक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहिबुल अन्सारीसहित १० जनाविरुद्ध अदालतले भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ६ मा आर्थिक वर्ष २०७७/०७८ मा बनाइएको सडक ढलान योजना, पीसीसी ढलानसमेतका योजनामा स्थायी इञ्जिनियरबाट कामकाज नगराई करारको इञ्जिनियरबाट इष्टिमेट र मूल्याङ्कन गराएर अनियमितता गरेको अख्तियारले जनाएको छ ।

नक्कली नापी किताब, बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको, साथै प्रतिवादी ओमकुमार महतोले बेचन पण्डित इसराफिल वडा सदस्यको घर हुँदै इदगाहदेखि उमरपुर चौकसम्म योजनाको बिलअनुसार भुक्तानी प्रक्रिया अगाडि बढाउन ४ लाख ३ हजार ५८१ रकम भुक्तानी दिएको भन्दै गैरकानूनी कार्य गरेको पाइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

फारुक २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यद्यपि पछि उनी नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए । उनलाई निर्वाचन आयोगले गाउँपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पुनर्वहाली भएका थिए ।

२७ फाल्गुन २०८०, आईतवार १५:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading