काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज जनता समाजवादी पार्टीका २ मन्त्री थपिएका हुन् । उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवकिशोर शाह वनमन्त्री नियुक्त भएका हुन् ।यादवसहित प्रचण्ड सरकारमा चारना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेका रघुवीर महासेठ पहिलो वरीयतामा रहँदा नारायणकाजी श्रेष्ठ, रवि लामिछाने क्रमश: दोस्रो र तेस्रो वरीयतामा छन् । यादवलाई अन्तिम वरीयतामा राखिएको छ ।
शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।