यो शिवरात्री अथवा नेवार समुदायले सिल्लाचःह्रे मनाउने भएर शुरू भएको हो ।
शिव उत्पत्ति भएको पवित्र रातमा धुनी जगाई जाग्राम बसेर शिव उपासना गर्न बिहानदेखि नै युवा चोक–चोकमा बसेर बाटो हिड्ने सबै बटुवालाई छेकेर जगाः या नी शिवरात्रिको कर लिने गर्छन् ।
स-साना नानी हरु पसल–पसल र घर–घर गएर नेवाः भाषामा गाउँदै काठ–दाउरा माग्न जाने परम्परा छ । दिनभरि उठाएका जगाःको पैसाले राति मुडा काठहरू ल्याई धुनी जगाएर शिवपूजा गरी भुटेको मकै, भटमास चढाएर प्रसाद ग्रहण गरिन्छ । शिवरात्रिको धुनीमा उखु पोलेर प्रसादका रूपमा खाएमा रोग लाग्दैनन् भन्ने विश्वास छ।