एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ९० पैसा र बिक्रीमा ९८ रूपैयाँ ३४ पैसा पाइन्छ।
यस्तै, युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३० पैसा र बिक्रीमा ८७ रूपैयाँ ७० पैसा तोकिएको छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ९ पैसा र बिक्रीमा २८ रूपैयाँ २१ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ।