28, Apr, 2024

कांग्रेसलाई प्रधानमन्त्री दाहालको जबाफ- आफूसँग हुँदा इमान र अर्कोसँग जानेबित्तिकै बेइमान हुँदैन (भिडिओ सहित)

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ फाल्गुन २०८०, बिहीबार १३:३४ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा केही आशंका पैदा भएपछि गठबन्धन नै बदल्ने अवस्थामा पुगिएको बताएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग सहकार्य तोडिएको विषयमा पनि प्रसंग उल्लेख गरेका थिए।

कांग्रेसले बिहीबार नै संसदीय दल बैठक गरेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको थियो। उक्त निर्णयसहितको समाचार आफूले पढेको प्रधानमन्त्री दाहालले बताए।

‘मैले कांग्रेसका नेताहरूलाई धन्यवाद पनि दिएको छु, आफूसँग हुँदा इमान, अर्कोसँग जानेबित्तिकै बेइमान भन्ने हुँदैन। यो राजनीतिक परिस्थिति र मुद्दामा निर्भर रहने कुरा हो।’

उनले राजनीतिमा केही आशंका भएपछि अहिलेको अवस्था आइपरेको बताएका थिए। गत सोमबार उनले कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

‘म सोझो भाषामा भन्न चाहन्छु- राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएकै हो,’ प्रधानमन्त्री दाहालले भने।

उनले कसैलाई आफ्नो कदम अस्थिर लाग्न सक्ने पनि बताए।

‘भर्खरै मैले समाचारमा पढेँ, नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पनि पढेँ। यथार्थ के हो कांग्रेस प्रतिनिधिले अहिले बोल्दा भन्नु नै हुनेछ,’ उनले भने, ‘यो कदम मैले सोचेर विचार गरेर नै चालेको छु।’

२४ फाल्गुन २०८०, बिहीबार १३:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading