29, May, 2024

पारिवारिक शोकमा रहेका बेला रास्वपा नेतृ सुमना श्रेष्ठ मन्त्री नियुक्त, चोखिएर शपथ खान आउने

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १६:०६ | २ महिना अगाडी

काठमाडौं । पारिवारिक शोकमा रहेका बेला रास्वपा नेतृ सुमना श्रेष्ठ मन्त्री नियुक्त भएकी छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ ।

तीन दिनअघि हजुरआमाको देहान्त भएकाले सुमना घरमै शोक मनाइरहेकी थिइन् । अहिले मन्त्री बनिहाल्ने उनको चेष्टा थिएन । तर, पार्टीले जिम्मेवारी दिएपछि उनले स्वीकार गरेकी छन् । हजुरआमाको काममा रहेकाले उनी पुरोहितबाट विधिपूर्वक चोखिएर आज शपथ ग्रहणमा सहभागी हुने रास्वपा स्रोतले बतायो ।

रास्वपाको अध्ययनशील र ऊर्जाशील नेतृ सुमना संसदभित्र निकै प्रभावशाली भूमिका निभाइरहेकी छन् । उनी पहिलोपटक मन्त्री बन्दा समर्थकहरूमा खुशी छाएको छ ।

२३ फाल्गुन २०८०, बुधबार १६:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading