28, Apr, 2024

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ फाल्गुन २०८०, बुधबार १२:०५ | १ महिना अगाडी

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी संसदीय दलको नेता हरिबहादुर चुमानले प्रदेशसभा सचिव हरिराज पोख्रेललाई बुझाएका हुन् ।

यसअघि माओवादी केन्द्र गण्डकी संसदीय दलको बुधबार बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

गण्डकीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा छ । कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरबदलसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) का भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका थिए ।

२३ फाल्गुन २०८०, बुधबार १२:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading