29, May, 2024

वीरेन्द्रनगरको सिटि बर्सपार्कमा दुई बस व्यवसायीबीच विवाद हुँदा एक जना घाइते

Bagmati Voice
संवाददाता
२३ फाल्गुन २०८०, बुधबार १०:४४ | २ महिना अगाडी

सुर्खेत । वीरेन्द्रनगरको सिटि बर्सपार्कमा दुई बस व्यवसायीबीच विवाद हुँदा एक जना घाइते भएका छन् । बुधबार बिहान यात्रु खोसाखोस गर्ने क्रममा बस व्यवसायीबीच विवाद भएको हो ।

विवाद हुँदा एक जना बस व्यवसायीका कर्मचारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

संयुक्त यातायात प्रालि र हिल्सा यातायात प्रालिबीच यात्रु खोसाखोस गर्ने बेलामा व्यवसायीले हात हालाहाल गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन् ।

’संयुक्त यातायात र हिल्सा यातायातका मान्छेले यात्रु तानातान गरेको रहेछन उनले भने,ञ सोही विषयलाई लिएर उनीहरूबीच सामान्य हात हालाहाल भएछ । समितिकै एक जना व्यक्ति घाइते भएका छन् । को घाइतेको भएको हो भन्ने खुलेको छैन । हामीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।

२३ फाल्गुन २०८०, बुधबार १०:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading