काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न जाँदैछन् । देउवाले नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।
मंगलबार साँझ देउवाले नेपाललाई फोन गरेर आज भेट्न आउने बताएका थिए । दुई बीचको भेटको समय निश्चित भइनसकेको नेकपा एसको स्रोतले बतायो ।
यसअघि राति नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।
नेपाललाई नयाँ गठबन्धनमा सहभागी गराउन ओली र दाहालको दौदधुप बढेको छ । देउवा साना दलसँग मिलेर नयाँ गठबन्धन बनाउन पहल गरिरहेका छन् ।